देवदर्शन नेटवर्क प्रा.लि. द्वारा सञ्चालित

अन्तर्राष्ट्रिय

इङ्ल्यान्डमा तेस्रोपटक देशव्यापी लकडाउन घोषणा

  • २२ पुष २०७७, बुधवार
  • Author

इंगल्याण्डमा तेस्रो पटक पुन: देशव्यापी लकडाउन घोषणा गरिएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार बेलुका टेलिभिजनमार्फत सम्बोधन गर्दै तत्काल लागू हुनेगरी देशव्यापी लकडाउनको घोषणा गरेका हुन्।

प्रधानमन्त्रीले ८ मिनेट लामो टेलिभिजन सम्बोधनमा करिब डेढ महिना अर्थात् मध्य फेब्रुअरीसम्म लकडाउन जारी रहने बताए । इंङ्ल्यान्डमा देशव्यापी लकडाउन भएको यो तेस्रोपटक हो । यसअघि पहिलो चरणमा गत मार्च र दोस्रोपटक नोभेम्बरमा लकडाउन गरिएको थियो ।

यसैगरी स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डमा पनि मंगलबारदेखि नै लागू हुने गरी नयाँ लकडाउन घोषणा भएको छ।

पछिल्लो घोषणा अनुसार इङल्याण्डबासीलाई घरबाट काम गर्न नसक्ने अवस्थामा मात्र कामको लागि निस्किन मिल्नेछ भने अत्यावश्यक खाद्यान्न वा औषधि किन्न, शारीरिक ब्यायामका लागि, जोखिममा रहेका व्यक्तिलाई हेरचाह गर्न र चिकित्सकीय भेट जस्ता अवस्थामा मात्र घरबाट निस्कन मिल्नेछ ।

थप समाचार